add

खुकुलो लकडाउनमा के गर्ने र के नगर्ने नयाँ जनस्वास्थ्य मापदण्ड






ActPro Nepal

|

३० जेठ, २०७७

|
1111

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वाथ्यका मापदण्ड, २०७७’ जारी गरेको छ।

सरकारले लकडाउन खुकुलो बनाएपछि मन्त्रालयले शुक्रबार अनिवार्य रुपमा पालना गर्नुपर्ने एसएमएस (सोसल डिस्टान्सिङ, मास्क र स्यानीटाइज ) विधि सार्वजनिक गरेको हो ।

मन्त्रालयले सबै सार्वजनिक तथा निजी संस्थानहरुमा पालना गर्नुपर्ने अत्यावश्यक, आधारभूत, संस्थागत, अन्य र विविध गरी श्रेणी छुट्याएर मापदण्ड निर्माण गरेको छ।

जसअन्तर्गत एसएमएस विधिलाई अत्यावश्यक श्रेणीमा राखेको छ । विधिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने र समयसमयमा हाल सफा गर्ने नवव्यवहार पालन गर्नुपर्ने जनाएको छ,

कोरोना महामारीकै बीच मुलुक नव सामान्यीकरणतर्फ क्रियाशील भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु सबैको जिम्मेवारी भएको बताएको छ।

जारी गरिएको मापदण्डलाई एकीकृत गरी बन्दाबन्दीलाई व्यवस्थित गर्दै हालको पूर्ण बन्द अवस्थालाई खुकुलो पार्न सकिने मन्त्रालयको भनाइ छ।

सोही मापदण्ड अनुसार सबै सार्वजनिक तथा निजी संस्थाहरुले प्रत्यके दिन कार्य सुरु गर्नुभन्दा पहिला अनिवार्य रुपमा थर्ममिटरबाट ज्वरो जाँच गर्ने १०४ डिग्रीभन्दा बढी तापक्रम भएमा काममा नलगाउने र खोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएमा व्यक्तिहरुलाई काममा नलगाउने र आवश्यक निदान, उपचार वा आरामको व्यवस्था मिलाउने आदि भनिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.