add

उचाई र उमेर अनुसार तौल कति चाहिन्छ ? तपाईको तौल ठिक त छ ?






ActPro Nepal

|

९ वैशाख, २०७७

|
1676

स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई (सेन्टिमिटर) मा १०० घटाउने । त्यसपछि आउने प्रतिफल नै आफ्नो वाञ्छित तौल हुन्छ ।

यो भनेको यदि आफ्नो उचाई १७० सेन्टिमिटर छ भने त्यसमा १०० घटाइदिनुहोस्, बाँकी ७० केजी तपाईंको हुनुपर्ने तौल हो । याे भन्दा बढी ताैल छ भने तपाईंले तौल घटाउने लक्ष्य लिइहाल्नुपर्छ । शरीरको तौल लम्बाइ र शारीरिक संरचनाका अनुसार हुनुपर्छ,’ ‘यसका लागि बिएमआई सही तरिका हो, तौल सन्तुलित राखेर थुप्रै रोगबाट बँच्न सकिन्छ ।

एउटा वयस्कको शरीरको अपेक्षित तौल उसको लम्बाइअनुसार हुनुपर्छ, जसले उसको शारीरिक गठनलाई अनुकूल बनाओस् । सामान्यतः १८.५ बिएमआईभन्दा मुनि भएकालाई अस्वस्थको श्रेणीमा राख्न सकिन्छ । यस्तै १८.५ देखि २३ बिएमआईसम्मकालाई साधारणमा राख्न सकिन्छ भने २३.१ देखि ३० बिएमआई भएकालाई बढी तौलमा राखिन्छ । ३० भन्दा बढी बिएमआई हुनेलाई मोटो व्यक्तिको रूपमा लिइन्छ ।अर्को एउटा प्रक्रियाअनुसार आफ्नो सेन्टिमिटर स्केलमा भएको उचाइबाट एक सयलाई घटाउँदा आउने संख्या तपाईको सही तौल हुनेछ ।

जस्तै एक सय ५० सेन्टिमिटर अग्लो मान्छेको सही तौल ५० किलोग्राम मानिन्छ ।सामान्य बिएमआईको फाइदा बिएमआईलाई २३ भन्दामुनि राख्दा फाइदा हुन्छ, मधुमेह हुँदैन । पहिलेदेखि नै मधुमेह छ भने चिनीको स्तर राम्रो हुन्छ । सामान्य बिएमआईले रक्तचापमा समेत कमी आउँछ । पहिलेदेखि नै भएको रक्तचापलाई समेत नियन्त्रित राख्न सघाउँछ । मुटुको रोग रोक्नुको साथै पक्षाघात हुनबाट समेत जोगाउँछ । सन्तुलित बिएमआईले केही प्रकारको क्यान्सर रोक्नसमेत सघाउँछ । कोलेस्ट्रालको स्तरलाई समेत सामान्य बनाउँछ । ब्लड फ्याट लेभेललाई समेत सामान्यमा ल्याउँछ । उमेर बढाउनुको साथै ऊर्जास्तर समेत सुधार्छ, जसकारण उमेरभन्दा जवान देखिन्छ ।

हामीलाई के कुरा थाहा छैन भने उमेर बढ्दै गएपछि हामी कति निष्क्रिय हुन्छौं । उमेर, सम्पत्ति र पेशागत कुरा बढ्दै गएपछि शारीरिक रुपमा हामी कार्यालय तथा घरको दैनिक क्रियाकलापमा निष्क्रिय हुँदैं जान्छौं । त्यसैले हामीले क्यालोरी नष्ट गर्न उपयुक्त कोशिस गर्नुपर्छ । यसका लागि हाम्रो दैनिक जीवन व्यायामसहितको क्रियाशिल हुनुपर्छ । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ ।

प्रत्येक दिन शारीरिक तवरमा सक्रिय वा क्रियाशिल रहने लक्ष्य राख्नुहोस् । तौल बढी वा ज्यादै मोटोपन भए पनि तपाईं स्वस्थ रहनसक्नुहुन्छ । २५ हजारभन्दा बढी स्वयम्सेवक र अनुसन्धानकर्ताले एउटा अध्ययनबाट के पत्ता लगाए भने शारीरिक तौलभन्दा तन्दुरुस्ती मृत्युको सशक्त भविष्यवाणीकर्ता हो । बढी तौल भएको तर शारीरिक रुपमा ठीक नभएको मानिसभन्दा बढी तौल भएपनि शारीरिक रुपमा तन्दुरुस्त मानिसमा मृत्युको खतरा कम हुन्छ ।

युवाहरुले प्रत्येकदिनजस्तो ४० देखि ५० मिनेट व्यायाम गर्नुपर्छ । नियमित खाना खानु स्वास्थ्यवद्र्धक खानाको महत्वपूर्ण भाग हो । दिनभरिमा कम्तीमा ५ पटक थोरै थोरै खाना खानुपर्छ र खान कहिल्यै पनि छाड्नुहुँदैंन । खाना छाड्नेले त्यसपछिको खाना खाँदा धेरै खाने सम्भावना बढी हुन्छ । जहिले जहाँ पायो त्यहाँ खाएको भन्दा योजनाबद्ध तरिकाले समय समयमा खाएको खाना बढी सन्तुलित हुन्छ ।

तौल कसरी कम गर्ने ?
‘तारिएको खाना कम, फलफूल र सब्जी बढी खानुपर्छ,, ‘टुसाएको चना र रेसायुक्त खाद्य पदार्थले पनि फाइदा गर्छ । दिनहुँ व्यायाम गर्नुपर्छ ।’ उपवास बस्नाले चाहिँ शारीरिक नोक्सान हुन सक्छ । दुई पटकको खानाबीच लामो अन्तराल हुनु हुँदैन । स-सानो अन्तरालमा अलिअलि खानु पर्छ । बढी बोसोयुक्त खाना खानु हुन्न भने अल्कोहलबाट बच्नुपर्छ ।’

मोटोपनाको कारण
ऊर्जा सेवन र ऊर्जा उपयोगबीच असन्तुलनका कारणले मोटोपना हुन्छ । बढी बोसोयुक्त खाना पनि यसको कारक हो । फास्ट फुड खानाले समेत मोटोपनलाई निम्त्याउछ । कम व्यायाम र स्थिर जीवन मोटोपनाको प्रमुख कारण हो । असन्तुलित व्यवहार र मानसिक तनावका कारणले व्यक्ति विशेष बढी खाना खाना थाल्छन्, जो मोटोपनाको कारण बन्छ । शारीरिक क्रिया सही रूपले नहुँदा पनि शरीरमा बोसो जम्मा हुन्छ । बाल्यअवस्था र युवाअवस्थाको समयको मोटोपना वयस्क हुँदासम्म रहन सक्छ ।


मोटोपनाका दुई श्रेणी हुन्छन् । एउटा स्याउ अर्को नासपाती जस्तो शरीर हुनु । मोटोपना कम्मरभन्दा माथिल्लो भागमा हुनुलाई स्याउ आकारको मोटोपना (एप्पल सेप्ड ओबिसिट) भनिन्छ, कम्मरभन्दा मुनि मोटोपना हुनलाई नासपाती मोटोपना (पियर सेप्ड ओबिसिट) ।नेपालमा केन्द्रीकृत मोटोपना अर्थात् भुँडी लाग्ने समस्या सबैभन्दा बढी छन् । पेटमा बोसो लाग्नु मोटोपनाको सबैभन्दा खतरनाक स्थिति हो ।

स्याउ आकारको मोटोपना नासपाती आकारको मोटोपनाभन्दा बढी खतरनाक हुन्छ किनभने नासपाती आकारमा थाई र नितम्बमा जम्मा भएको बोसोका कोसिकाको विशेषता स्याउ आकारको मोटोपनामा भएको फ्याट कोसिकाभन्दा फरक हुन्छ । धूमपान गर्ने व्यक्तिको मोटोपना धेरैजसो स्याउ आकारको र अन्य व्यक्तिमा यो नासपाती आकारजस्तो हुन्छ ।चिकित्सकहरूले हिप र पेटको अनुपातमा समेत ध्यान दिनुपर्ने आंैल्याउँछन् । सामान्य व्यक्तिको हिपको आकार पेटको आकारभन्दा ठूलो हुनुपर्ने हुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.