add

किन रोकिँदैन महिलामाथि हुने घरेलु हिंसा ?






ActPro Nepal

|

९ वैशाख, २०७७

|
1055

काठमाडौं । बन्दाबन्दीमा पनि घरेलु हिंसामा कमी नआएको देखिएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरेको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १३ वटा जिल्लाहरुबाट बन्दाबन्दी शुरु भएदेखि ८३ वटा महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् ।

जसमा ४६ वटा घरेलु हिंसा, ९ वटा सामाजिक हिसा, १४ वटा बलात्कार, २ वटा बलात्कारको प्रयास, १ वटा हत्या, १ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, २ वटा यौन दूव्र्यवहारका घटना, ६ वटा आत्महत्या, २ वटा हत्याको प्रयासका घटना रहेका छन् ।

जिल्ला अनुसार धनुषाबाट १५, मोरगंबाट १३, रुकुमबाट ५, कैलालीबाट ८, दागंबाट ५, काठमाण्डौंबाट ३, बर्दियाबाट ४, सिरहाबाट १४, उदयपुरबाट ८, सुनसरीबाट ३, बाकेबाट २, स्याग्जाबाट २, पर्साबाट १ (सञ्चारमाध्यम) घटना रिपोर्ट भएका हुन् ।

यी घटना चैत ११ गनेदेखि बैशाख ६ गतेसम्मका हुन् ।

हिंसा गर्ने व्यक्ति, सबैभन्दा बढी ३७ जना श्रीमान र १७ जना परिवारका सदस्य रहेका छन् । त्यसैगरी १९ वटा घटनाहरुमा छिमेकी, २ वटामा प्रेमी ठानिएका व्यक्ति, १ घटनामा साथी, १ घटनामा घरमालिक रहेको पाईएको छ भने ६ वटा घटनामा पीडकहरुको पहिचान हुन बाँकी रहेको छ ।

बलात्कारका घटनाहरु भने १० वटा छिमकीबाट, १ घटना बुबावाट, १ वटा परिवारको सदस्यबाट, १ प्रेमी ठानिएका व्यक्तिबाट र १ पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ ।

यद्यपी महिला तथा बालिकामाथि यस्तो बेलामा हुने वा हुन सक्ने हिंसालाई उचित किसिमले सम्बोधन गर्ने संयन्त्रको अभावमा महामारीको प्रभावसँगै महिला र बालिकामा थप जोखिमताको सिर्जना भएको ओरेकले बताएको छ ।

महिलामाथि हुने हिंसा रोकथाम तथा प्रभावितका सहयोगका लागि केहि स्थानीय तहले हिंसाको उजुरी गर्ने तथा प्रभावितलाई सुरक्षित तवरले सुरक्षित आवासको सेवा प्रदान गर्ने कार्य शुरु गरिसकेका छन् ।

धेरै जिल्लामा सुत्केरी हुन जाने महिलालाई अस्पतालले नलिने, राम्रो सेवा प्रदान नगर्ने जस्तो स्थिति सिर्जना भएको छ । जस्तोसुकै महामारीको स्थिति भए पनि अस्पतालले सेवा दिनु पर्ने ओरेकले माग गरेको छ ।

हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरुले हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनुपर्ने पनि उसको सुझाव छ ।

साथै, यस महामारीको अवस्थामा महिला तथा वालवालिकाहरुमाथि भएका हिंसाका घटनाहरुलाई तत्काल सम्बोधन गर्न अल्पकालिन सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने र सबै अस्पतालमा गर्भवती र सुत्केरी महिलाहरुका लागि आवश्यक पर्ने सेवाहरु सुचारु गर्नुपर्ने पनि उसको माग छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.