add

कला क्षेत्रमा सकारात्मक पनि छ्न नकारात्मक पनि






ActPro Nepal

|

९ वैशाख, २०७७

|
1214

काठमाडौं । मान्छे महत्वाकांक्षी प्राणी हो । उसलाई केही बनौ र केही गरौ भन्ने चाह मनैदेखी हुन्छ । यस्तै कलाकारिताको दुनियाँमा आफ्नु पहिचान खोज्दै गरेकी कलाकार हुन बिनु कार्की ।

राजधानीसगै सिमाना जोडिएको जिल्ला नुवाकोटमा जन्मेकी उनी हाल चितवन बसोबास गर्छिन र  कला जगतमा संघर्षरत छिन ।

बिनुलाइ एक बर्ष अघि फेसबुकको माध्यमबाट चिनजान भएका साथी भगवान कार्किले बगैंचामा फुल नामक  गितको म्युजिक भिडियोमा खेल्न अबसर जुराइदिएका हुन। कला जगतमा उनलाई यो अबसरले अगाडि बढन हौसला दियो ।

हाल उनी बिएड पढदैछिन । कलाकारितामा पनि समय दिदैछिन ।यो एक बर्षको अबधिमा  करिब आधा दर्जन भिडियोमा अभिनय गरिसकेछिन । केहि चेतनामुलक सर्ट्फिल्ममा अभिनय गरेकी उनी कला जगत आफुलाइ मनपर्ने बताउछिन् ।

उनका अनुसार यो क्षेत्रमा नया अनुहार स्थापित हुन निकै गार्हो छ। फिल्मी क्षेत्रमा सकारात्मक र नकारात्मक दुबै खालका मान्छे छ्न  । कोहि स्वार्थ बोकेका पनि छ्न ।कोहि ब्यबहारिक पनि छ्न । आफ्नु बैनी जस्तो सोच्ने पनि देखियो ।प्रेमिका बनाउन खोज्ने पनि देखियो । उनले भनिन गहिरो तलाउमा फ्यागुता पनि हुन्छन् माछा पनि ।

भन्छिन म मेरो परिवारको शिर नझुकाइ आफ्नै क्षमताले यो फिल्डमा सफल भएरै छोड्नेछु।  आफ्नु सपनालाई इमानदारीता साथ पूरा गरेर देखाउछु । मलाई चाहना छ एउटा उदारणिय छोरी र एउटा उदारणिय कलाकार बन्न सकु ।सबैको प्रेरणा बन्न सकु ।सबैको मनमा बस्न सकु ।कसैको मन दुखाउन नपरोस्  । पैसा कमाउला या  नकमाउला ।तर आफ्नु इज्जत चाहिँ बचाउन सकु ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.