काठमाडौं । कोरोना भाइरस (कोभिड-१९ ) को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शरीरमा रोग प्रतिकारात्मक क्षमता बढाउन विभिन्न जडिबुटी प्रयोग गर्न सिफारिस गरेको छ ।
विभागका आनुसार उपचार तथा खोप तयार भइनसकेको अवस्थामा यो रोग लाग्न नदिन शरीरमा रोग प्रतिकारात्मक क्षमता बढाउनु नै उत्तम उपाय हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विभागले शरीरमा रोग प्रतिकारात्मक क्षमता बढाउने गुण र एन्टिमिक्रोवायल तथा एन्टिभाइरल गुण भएका विभिन्न जडिबुटीहरुको नियमित प्रयोग गर्न आग्रह गरेको छ । विभागले त्यसका लागि गुडूची (गुर्जो), असुराको पात, बेसार, सुठो, मरिच, पिप्ला, तुलसी, तेजपात, दालचिनी जस्ता जडिबुटीहरु सेवन गर्न सकिने भन्दै यी जडिबुटी प्रयोगको तरिकासमेत सिकाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।