add

कोरोना भाइरस ‘विश्वव्यापी महामारी’ घोषित , लापरबाही रुपमा नलिन डब्ल्यूएचओको आग्रह






ActPro Nepal

|

२९ फागुन, २०७६

|
1365

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस ९कोभिड–१९० को प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको बताएको छ ।

डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलन गर्दै कोभिड १९ लाई विश्वव्यापी महामारीको घोषणा गरेका हुन् । सम्मेलन मार्फत् यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह समेत गरेका छन् ।

उनले कोभिड १९ को महामारीलाई हलुका रुपमा नलिन विश्वका सबै मुलुकलाई आग्रह गरेका छन् । पछिल्लो २ हप्तामा चीन बाहिर १३ गुणाले बढेकोले विश्वव्यापी महामारी घोषणा गरिएको उनले बताएका छन् ।

चीनको वुहानबाट तीन महिनाअघि सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका एक सय २३ देशमा फैलिएको छ । एक लाख २६ हजार एक सय ४१ जनामा सङ्क्रमण भइसकेको कोरोना भाइरसका कारण चार हजार ६ सय २७ जनाले ज्यान गुमाएका छन् ।

६८ हजार दुई सय ४० जना उपचारपछि घर फर्किएका छन् । ५३ हजार दुई सय ७४ जना अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने तीमध्ये पाँच हजार ९ सय ३८ जना सिकिस्त रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र तीन सय ३१ जनाले ज्यान गुमाएका छन् भने सात हजार एक सय ९३ जना नयाँ बिरामी भेटिएका छन् । चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि अन्य देशमा फैलने क्रम तीव्र बनेको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिकालगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.