add

नुवाकोट घिमिरे बन्धु समाजको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन






ActPro Nepal

|

२६ चैत, २०८१

|
1259

नुवाकोट । नुवाकोट घिमिरे बन्धु समाजको दोस्रो अधिवेशन तथा साधारणसभा नुवाकोटको देवीघाटमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले संगठनको भावी योजना, आपसी एकता र सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्दै नयाँ नेतृत्व चयन गरेको छ।

नयाँ कार्यसमितिमा अध्यक्षमा हरि प्रसाद घिमिरे, उपाध्यक्षमा बाशुदेव घिमिरे, सचिवमा रामहरी घिमिरे, कोषाध्यक्षमा विष्णु घिमिरे चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा प्रकाश घिमिरे, दिपक घिमिरे, रविन्द्र घिमिरे, बिष्णु प्रसाद घिमिरे, र लक्ष्मी घिमिरे रहेका छन्।

कार्यक्रममा समाजका वरिष्ठ सदस्यहरूको उपस्थिति, अनुभव आदानप्रदान तथा नयाँ पुस्ताबीच सम्बन्ध विस्तारका विविध गतिविधिहरू सञ्चालन गरिएको थियो। अधिवेशनले घिमिरे परिवारलाई अझ संगठित र सहकार्यमा अघि बढाउने मार्गचित्र तय गरेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.