काठमाडौ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५९औँ बैठक आज बस्दैछ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने कार्यक्रम रहेको छ। बैठकमा समितिको आगामी कार्ययोजना र कार्यक्रमबारे विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ।
विधायन प्रक्रियालाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले समिति नियमित रूपमा बैठक गर्दै आएको छ। आजको बैठकमा हालसम्मका गतिविधिहरूको समिक्षा गर्दै आगामी दिनमा समितिले खेल्ने भूमिकाबारे महत्वपूर्ण निर्णयहरू हुने अनुमान गरिएको छ।
समितिका सभापति, सदस्यहरू तथा सचिवालयका पदाधिकारीहरू बैठकमा सहभागी हुने छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।