काठमाडौ । सत्तारुढ गठबन्धनभित्र पछिल्लो समय देखिएको असमझदारी र प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना भइरहेका बेला उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहभागी नेताहरूले नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य सुदृढ रहेको स्पष्ट पारेका छन्।
बैठकपछि गृहमन्त्री रमेश लेखकले सरकार र दुई प्रमुख दलबीच असमझदारी भएको भन्ने चर्चा निराधार भएको दाबी गर्दै भने, "हाम्रा बीचमा कुनै समस्या छैन। सहकार्य मजबुत छ।"
बैठकमा एमालेका ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी थिए भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री आरजु राणा उपस्थित थिए।
बैठकले सरकारको काम कारबाही, नीति तथा कार्यक्रम र आगामी बजेट तयारीमा समन्वयलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।