add

फेरि ओरालो लाग्यो सेयर बजार






ActPro Nepal

|

२४ चैत, २०८१

|
164

काठमाडौं । लगातार ओरालोतिर लागिरहेको सेयर बजारमा गएको साता देखिएको सुधार निरन्तर हुन सकेन। यो साता पहिलो कारोबारमा बजार ओरालोतिर लागेको छ। 

सोमबार नेप्से परिसूचक ३३.३३ अंक घटेर २६७०.०६ विन्दुमा झरेको छ।

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको १ करोड १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घटेको छ।

सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घटेको छ । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटे ।

आज बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ६.६३, सिन्धु विकास बैंककोे ६.४४ तथा उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशत बढ्यो ।

आज  सबैभन्दा धेरे अपरहेवाखोलाको मूल्य ९ प्रतिशत घट्यो । हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५० करोड ३६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.