add

संसद् एकले अर्कालाई गाली गर्ने थलोमा परिणत भयो :सांसद बराल






ActPro Nepal

|

५ चैत, २०८१

|
1273

काठमाडौं । नेकपा (एमाले) की सचेतक सुनिता बरालले सङ्घीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेकी छिन्

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले यस्तो बताएकी हुन्। उनले सङ्घीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुन बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरिन्।

उनले नयाँ दलहरुले पुराना राजनीतिक दलका नेतृत्वमाथि पुस्ताको कुरा उठाएर गाली गर्ने काम मात्र गरेको समेत आरोप लगाइन् । उनले जनता र नयाँ पुस्ताका समस्यामा बसह गरेर पुस्तान्तरण आवश्यकतालाई प्रमाणिकरण गर्न समेत आग्रह गरिन्। उनले नेपालको अर्थतन्त्रमा उत्पादनले कममा क्षेत्र ओगटेको उल्लेख गर्दै उत्पादन बढाउनु आजको आवश्यकता भएको बताइन् ।

उनले भनिन्, ‘सदनमा निराशा पाखेर जनतालाई भड्काउने होइन । नीति र कार्यक्रमका आधारमा जनतालाई समेट्ने थलो बनाउन आवश्यक छ । यो कुरालाई संस्थागत गर्न सरकारले चालेका पहलहरुमा सबैले सहयोग गर्न आवश्यक छ । आज नेपालको अर्थतन्त्रको स्वरुप फेरिँदै छ । अर्थतन्त्रमा थोक व्यवसायले ३० प्रतिशत क्षेत्र ओगटेको छ । उत्पादनको क्षेत्रले लगभग १५ प्रतिशत हारहारीले ओगटेको छ । आज समय र हाम्रा आवश्यकताहरु परिवर्तन भएका छन् । तर यो उत्पादकत्व दक्षीण एसियाली मुलुकहरुमै हेर्दाखेरि नेपालमा केही कम भएको हो कि भन्ने अनुभूति हामीलाई भएको छ । आज हामीले उत्पादनको क्षेत्र बढाउन आवश्यक छ ।’ 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.