add

स्ववियु निर्वाचन: उपत्यकाका विभिन्न क्याम्पसमा विजयी उम्मेदवारहरूको सूची सार्वजनिक






ActPro Nepal

|

५ चैत, २०८१

|
1254

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम सार्वजनिक भएको छ। विभिन्न क्याम्पसहरूमा विभिन्न विद्यार्थी संगठनका उम्मेदवार विजयी भएका छन्।

नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उम्मेदवार विजयी भएका छन्। अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीका अनुसार नेपाल कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्न क्याम्पसमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका छन्।

थापाथली इन्जिनियरिङ क्याम्पस र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार विजयी भएका छन्। नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रल्हाद खड्का र महाराजगञ्ज नर्सिङ क्याम्पसमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएका छन्।

यस्तै, अखिल क्रान्तिकारी (अनेरास्ववियु-क्रान्तिकारी) ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हासिल गरेको छ। क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासन क्याम्पसमा अनिकेत तिवारी र सानोठिमी बहुमुखी क्याम्पसमा नरेन्द्र ठगुन्ना अध्यक्षमा निर्वाचित भएका छन्।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्।

मङ्गलबार सम्पन्न निर्वाचनमा देशभरका ३८ आङ्गिक र २५० सम्बन्धनप्राप्त क्याम्पसमा मतदान भएको थियो। निर्वाचनको नतिजा क्रमशः सार्वजनिक हुँदै गइरहेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.