वाशिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन शर्तसहित सहमत भएका छन्। साउदी अरेबियामा युक्रेनसँग ट्रम्पको टोलीले राखेको केही महिनाको युद्ध विरामको प्रस्तावलाई रुसले विभिन्न शर्तसहित अस्वीकार गरेको हो।
पुटिनले युक्रेनलाई गरिएको बाह्य सैन्य सहयोग रोकेर गुप्तचर सहकार्य नरोकिएसम्म युद्ध विरामको विषय अघि नबढ्ने बताएका हुन्।
युक्रेनका युरोपेली सहयात्रीले यसअघि नै यो प्रस्तावलाई अस्वीकार गरिसकेका छन्। यी दुवै नेता फेरि मध्यपूर्वमा वार्ता गर्न भने सहमत भएका छन्।
गत साता जेद्याहमा अमेरिकी र युक्रेनी अधिकारीबीच भएको भेटमा अमेरिकी प्रतिनिधि मण्डलले युक्रेनलाई राखेको ३० दिने युद्ध विरामको प्रस्ताव युक्रेनले स्वीकार गरेपछि रुससँग ट्रम्पले वार्ता अघि बढाएका हुन्।
युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले ऊर्जा केन्द्रमा जोगाउने विषयमा सकारात्मक भए पनि पुरै विवरण नआएसम्म थप प्रतिक्रिया दिन नमिल्ने बताएका छन्।
उनले अमेरिकासँग सम्पर्क गरेर रुसले अमेरिकासँग तथा अमेरिकाले रुससँग राखेको विषयको पूर्ण जानकारी लिनु उपयुक्त हुने समेत बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा वार्ता सकारात्मक र उत्पादक भएको उल्लेख गरेका छन्।
‘हामी ऊर्जा केन्द्र र भौतिक संरचनामा युद्ध विराम गर्दै थप युद्ध विरामको विषयमा अघि बढेका छौँ,’ ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले धेरै विषयमा छलफल भएको तथा दैनिक हजारौँ सेना मारिने क्रम रहेको विषयमा पुटिन र जेलेन्स्कीकी दुवै सहमत रहेको विषय समेत उल्लेख गरेका छन्।
क्रेमलिनले यस विषयमा थुप्रै बुँदामा छलफल आवश्यक रहेको बताउँदै मूल विषय युक्रेनलाई गरिएको सहयोगमा रोक भएको जनाएको छ।
ट्रम्पले राखेको लामो समयको युद्ध विरामका लागि अर्को चरणको वार्ता जटिल तर टिकाउ पूर्ण र लामो समय चल्ने प्रकृतिको हुनुपर्ने रुसले बताएको छ। रुस र अमेरिका बीचको अर्को द्विपक्षीय वार्ताको बारे सबै प्रस्ट भने भएको छैन।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।