add

ट्रम्प र पुटिनबीच बहुप्रतीक्षित वार्ता, युद्ध विरामको सम्भावना बढ्ने ?






ActPro Nepal

|

४ चैत, २०८१

|
92

वाशिंगटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लाडिमिर पुटिनसँग मंगलबार बहुप्रतीक्षित फोन वार्ता गर्ने तयारी गरेका छन्। वार्ता अघि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस वार्तालाई सकारात्मक रूपमा लिएको बताएका छन्। उनले प्रत्येक साता युद्धमा २,५०० सेना मारिने क्रमको अन्त्य आवश्यक रहेको समेत उल्लेख गरेका छन्।

यसअघि ट्रम्पले सञ्चारकर्मीसँग कुरा गर्दै युद्ध अन्त्यका लागि शान्ति वार्ता सफल हुन सक्ने विश्वास व्यक्त गरेका थिए। बेलायत र फ्रान्सले पनि पुटिनलाई शान्ति वार्तामा उभिन आवश्यक रहेको बताएका छन्। फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्की युद्ध विरामको पक्षमा रहेको बताउँदै पुटिनलाई पनि शान्ति प्रयासमा जोड दिन चेतावनी दिएका छन्।

बेलायती विदेश सचिव डेभिड लेमीले रुसले बिना सर्त युद्ध विराम गर्ने समय आएको बताएका छन्। उनले बेलायत र अन्य पश्चिमी शक्तिहरूले रुसलाई युद्ध विरामका लागि दबाब दिने स्पष्ट संकेत गरेका छन्। यसैबीच, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले ट्रम्पकै पहलमा मात्र युद्ध विराम सम्भव देखिएको प्रतिक्रिया दिएकी छन्।

वार्तामा विशेषगरी रुसले सन् २०२२ मा कब्जा गरेको युरोपकै सबैभन्दा ठूलो आणविक भट्टी झापोरिज्जियाका विषयमा छलफल हुने अनुमान गरिएको छ। ट्रम्पले रुसी कब्जा क्षेत्रका विषयमा गम्भीर वार्ता भइरहेको बताउँदै आणविक भट्टीमा सम्भावित जोखिमबारे चिन्ता व्यक्त गरेका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले वास्तवमा युद्ध अन्त्य गर्न चाहेको छैन भन्ने आरोप लगाएका छन्। अर्कोतर्फ, रुसी राष्ट्रपति पुटिनले आफ्ना मागहरू सूचीबद्ध गर्दै मात्र वार्ता गर्ने संकेत दिएका छन्। यस वार्ताको मुख्य एजेन्डा युद्धरत कस्क क्षेत्रको स्वामित्व तथा शान्ति स्थापनाको सम्भावना हुने अनुमान गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.