काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्नेछ।
पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल गरिनेछ। साथै, भ्रष्ट शासन र शासकबाट मुक्तिका लागि आवश्यक आन्दोलनको स्वरूप र भावी रणनीति निर्माण बैठकको प्रमुख एजेन्डा रहने बताइएको छ।
राप्रपा नेपालले लामो समयदेखि विचार मिल्ने शक्तिहरूसँग मोर्चाबन्दी गर्दै संयुक्त आन्दोलनको पक्षमा आवाज उठाउँदै आएको छ। एक्लाएक्लै आन्दोलन प्रभावकारी नहुने निष्कर्षसहित पार्टीले व्यापक रणनीतिक छलफल गर्न लागेको हो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।