add

राप्रपा सांसद सिंहको प्रश्न-यौन व्यवसाय चलाउने दिन आएकै हो?






ActPro Nepal

|

३ चैत, २०८१

|
664

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिने विषयमा कडा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा आज बोल्दै उनले सरकारका सांसदबाटै यस्तो विषय उठान हुनु आपत्तिजनक भएको बताए। सिंहले नेपाल प्रकृति, संस्कृति र धर्मका दृष्टिले सुन्दर राष्ट्र भएको उल्लेख गर्दै यौन व्यवसायलाई वैधानिकता दिनु गलत हुने जिकिर गरे।

उनले देशका युवाहरू रोजगार र अध्ययनका लागि विदेशिएका बेला नेपालमा मुख्यतया महिलाहरू मात्रै रहेको र यस्तो अवस्थामा यौन व्यवसायलाई कानुनी मान्यता दिन खोज्नु अनुपयुक्त भएको बताए। साथै, नेपाल जलस्रोतमा धनी देश भएकाले पर्यटन प्रवर्द्धनका लागि यौन व्यवसायको सहारा लिनु आवश्यक नभएको तर्क गरे।

सांसद सिंहले नेपाली सभ्यता र संस्कृतिको रक्षा गर्दै नै देशको आर्थिक वृद्धिमा जोड दिनुपर्ने धारणा राखे। उनले 'यही दिनका लागि राजा फालिएको हो?' भन्ने प्रश्नसमेत गर्दै यौन व्यवसायलाई वैधानिकता दिने प्रस्तावलाई खारेज गर्नुपर्ने माग गरे।

उनको आक्रोश नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको अघिल्लो दिनको अभिव्यक्तिप्रति लक्षित थियो। घिमिरेले प्रतिनिधिसभामा बोल्दै यौन व्यवसाय कानुनी रूपमा सञ्चालन गरे अर्थतन्त्रमा टेवा पुग्ने र पर्यटक संख्या वृद्धि हुने बताएका थिए।

सांसद सिंहले मर्यादाहीन विषय संसदमा उठाइनु अनुचित भएको भन्दै रेकर्डबाट हटाउन माग गरे। साथै, उनले यौन व्यवसायलाई वैधानिकता दिन खोज्ने सांसदलाई सचेत गराउन समेत आग्रह गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.