काठमाडौं । वर्तमान प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आजैदेखिअनिवार्य अवकाश पाउने भएकाले नेपाल प्रहरीको भावी नेतृत्वका लागि दौडधुप सुरु भएको छ ।
भावी महानिरीक्षक (आईजीपी) का लागि दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ नेतृत्वमा पुग्न चर्काे लबिङमा छन् ।
सरकार यी तीन जना एआईजीमध्येबाट योग्य उम्मेदवार छनोट गर्ने प्रक्रियामा छ। आईजीपी कुँवरसँगै पाँच जना एआईजी र तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले पनि ३० वर्षे सेवा अवधि पूरा गरेकाले अनिवार्य अवकाश पाउने भएका छन्।
अवकाश पाउने एआईजीहरूमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन्। त्यसैगरी, डीआईजीहरू भोला रावल, गणेश चन्द र ध्रुवराज राउत पनि अवकाश हुँदैछन्।
साथै, सरकारले रिक्त एआईजी र डीआईजी पदमा नयाँ नियुक्ति तथा बढुवा प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ।
नेपाल प्रहरीको नयाँ नेतृत्वले संगठनलाई थप प्रभावकारी बनाउँदै शान्ति सुरक्षालाई सुदृढ गर्नुपर्ने चुनौती सामना गर्नुपर्नेछ।
सरकारको निर्णयले नेपाल प्रहरीको भावी संरचना कस्तो बन्नेछ भन्ने विषयमा चासो बढेको छ। नयाँ नेतृत्वको छनोटले प्रहरी संगठनको कार्यसम्पादन र नीति निर्माणमा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।