काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ ।
नेप्सेको सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन दिएका १० जना मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो ।
समितिका अनुसार सर्टलिस्टमा पर्नेहरुमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् ।
सर्टलिस्टमा परेकाहरुलाई चैत ६ गते बिहान ७ बजे व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको लागि बोलाइएको छ ।
समितिले अब प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा ३ जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ । सिफारिस भएका मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई नेप्सेको सीईओमा नियुक्त गर्नेछ ।
कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से नेतृत्वविहीन छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।