add

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो






ActPro Nepal

|

२ चैत, २०८१

|
149

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल/मट्टीतेलमा चार रुपैयाँ घटाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोल तथा डिजेल/मट्टीतेलको नयाँ खरिद मूल्य घटेर आएका कारण निगम सञ्चालक समितिको निर्णयअनुसार साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल/मट्टीतेलमा चार रुपैयाँले घटाइएको हो।

निगमका अनुसार मूल्य घटेसँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६३ रुपैयाँ र मट्टीतेल/डिजेलको मूल्य १५१ रुपैयाँ कायम भएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.