add

फागुन २२ गते बिहीवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

२२ फागुन, २०८१

|
527

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ फागुन २२ गते, बिहीवार, ६ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष सप्तमी तिथि, १५ः३० बजेपछि अष्टमी। राेहिणी नक्षत्र। चन्द्रराशि वृष।

आजको राशिफल

मेष : धनलक्ष्मी योग परेकाले सम्पत्ति आर्जन हुनेछ। प्राप्त सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारलाई समय दिन नसक्दा विवाद भने बढ्नेछ।

वृष : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। मनमा गुम्सिएका भावना सार्वजनिक गर्नु उचित हुनेछ। आम्दानीका दृष्टिले दिन सहज छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

मिथुन : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम हुनसक्छ। धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। आज नियमित काम भन्दा ठुला योजनामा हात नलगाउनु राम्रो हुन्छ।

कर्कट : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जत जोगाउन मिहिनेत गर्नुपर्ने समय आएको छ। यात्रा गर्नु अगाडि धार्मिक कार्यमा सहभागी भएमा राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

सिंह : दिन सहज छ। साथीको सहयोग प्राप्त हुनेछ। विवाद समाधान हुनेछन्। परिवारमा भने गोपनीयता भंग नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : शिक्षाको क्षेत्रमा गरेको लगानीले खुशी दिनेछ। परीक्षा लेखेको भए तपाईंको पक्षमा नतिजा प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग छ भने निजी क्षेत्रको लगानीबाटसमेत फाइदा हुनेछ। परिवारमा भने तनाव बढ्ने जोखिम छ।

तुला : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्नु अगाडि तीन पटक सोच्नु उचित हुनेछ। विपक्षी साथीसँग सचेत भएर काम गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ।

वृश्चिक : दिन सहज छ। चन्द्रमा र बृहस्पति सप्तम भावमा रहेकाले मनमाका नराम्रा भावना हटेर जानेछन्। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नु उचित हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

धनु : दिन सामान्य छ। आफ्ना भनेकै साथीले विरोध गरेको सुन्नु पर्नेछ। थोरै बोलेर काममा मिहिनेत गर्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

मकर : दिन सहज छ। शुभग्रहको बहुमत छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारले निगरानी गर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने समय छ।

कुम्भ : तपाईंले गरेको कामको जस अरुले लिनेछन्। श्रम शोषण गर्ने व्यक्तिसँग सचेत बन्नुपर्नेछ। मध्य साढेसाती दशा चलिरहेकाले धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सफल बन्नेछ।

मीन : बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। व्यापारमा सहकार्य गरेमा सफलता मिल्नेछ। औषधी नियमित नगर्दा पेट सम्बन्धी रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.