add

प्रधानमन्त्री ओलीलाई सांसद शिशिर खनालको प्रश्न– तपाईं हिटलर बन्दै हो?






ActPro Nepal

|

२१ फागुन, २०८१

|
1807

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले के प्रधानमन्त्री हिटलर बन्दै गएको हो भनी प्रश्न गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि हिटलर बन्दै गएको हो भनी प्रश्न गरेका हुन्। 

'के तपाईँ हिटर हो भन्ने प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास सङ्घीय सांसदले निलम्बन गरेछ। केही समय अघि सत्ता पक्षका सांसदले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ र भनी प्रश्न सोधेका थिए। र सचेत गराएका थिए। आज निलम्बन गरेछ,' उनले भने,'संसद निरन्तर सताको छाया बन्दै छ। हिटलर बन्दुकको नालबाट आएका थिएनन् चुनावबाटै आएका थिए। उनी सरकारमा गएका बेला लोकतान्त्रिक अधिकारहरू कटौती गरी निरकुंश बने अहिलेको सरकार पनि त्यही गर्दै छ। अब मेरो प्रश्न के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ?'


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.