add

शिवरात्रिमा यसरी हुँदै छ ट्राफिक व्यवस्थापन






ActPro Nepal

|

१२ फागुन, २०८१

|
159

काठमाडौं ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपर ट्राफिक व्यवस्थापन मिलाएको छ।

पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको हाे। 

बिभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागि छुट्टाछुट्टै स्थानमा पार्किङंगको प्रबन्ध समेत मिलाएको महाशाखाले जनाएको छ। धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुबिधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्बाध आवतजावतको ब्यवस्था मिलाईएको साथै पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको छ।

दर्शनार्थी एवम् भक्तजनका सवारी साधनहरुको लागि तीलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर, र गुहेश्वरी पारी करिडोर सडकमा पार्किङको व्यवस्था मिलाइएको छ। दमकल, एम्बुलेन्स र खानेपानी ट्याङ्करहरूका लागि बनकाली क्षेत्र छुट्याइएको छ भने पासवाहक सवारी साधनहरू कोष कार्यालय र सिफलचौरमा पार्किङ गर्न पाइनेछ। सुरक्षाकर्मीका सवारी साधनका लागि प्रहरी वृत्त गौशालामा स्थान तोकिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार भक्तजनहरूको अत्यधिक चापका कारण गौशाला क्षेत्र हुँदै चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै सवारी आवागमन निषेध गरिनेछ। वैकल्पिक मार्गका रूपमा तिनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला, मित्रपार्क हुँदै अन्य मार्ग प्रयोग गर्नुपर्नेछ। मालबाहक सवारी साधनहरूलाई पुरानो बानेश्वर, गौशाला, र मित्रपार्क क्षेत्रमा निषेध गरिएको छ भने वाग्मती करिडोर र जोरपाटी हुँदै चाबहिलबाट आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ।

शिवरात्रिका लागि सुरक्षात्मक उपायहरू समेत कडा पारिएको छ। सम्भावित चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरी परिचालन गरिनुका साथै ट्राफिक व्यवस्थापन सहज बनाउन ८९० जना ट्राफिक प्रहरी तैनाथ गरिएको छ। आवश्यक परेमा थप सुरक्षाकर्मी खटाइने जानकारी दिइएको छ। ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतका अनुसार, महाशिवरात्रि अवधिभर पशुपति क्षेत्रमा भक्तजनहरूलाई निर्वाध रूपमा दर्शन गर्न सक्ने वातावरण बनाउन ट्राफिक प्रहरी पूर्ण रूपमा समर्पित भई खटिनेछन्। साथै, अन्य प्रमुख शिवालयहरूमा हुने भीडलाई समेत मध्यनजर गर्दै ट्राफिक प्रहरी परिचालन गरिने उनले जानकारी दिए।

प्रहरीले सबै भक्तजनलाई ट्राफिक नियम पालना गर्न, निर्धारित पार्किङ स्थल प्रयोग गर्न तथा सुरक्षितरूपमा आवागमन गर्न अनुरोध गरेको छ। यदि भक्तजनको चाप अत्यधिक बढेमा, ट्राफिक प्रहरीले तत्काल डाइभर्सन नीति लागू गरी वैकल्पिक मार्गबाट सवारी व्यवस्थापन गर्ने योजना बनाएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.