काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार छैटौं कारोबार दिन वृद्धि भएको छ । फागुन ४ गतेदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।
आज दिनभरमा ३० अंकको उतरचढाव आएको नेप्से अन्त्यमा झिनो अंकले बढेर बन्द भएको हो । सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको छ ।
आज सूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४६ करोड रुपैयाँले घटेर ११ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा धेरै २.५० प्रतिशतले बढेको छ भने फाइनान्स समूह १.२१ प्रतिशतले घटेको छ ।
आज पनि पुनर्बीमा कम्पनीहरुको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ८९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ८० करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ ।
बढ्दो बजारमा आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
आज विन नेपाल लघुवित्तका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।