add

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी






ActPro Nepal

|

६ फागुन, २०८१

|
34

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ । आइतबारदेखि लगातार दोहोरो अंकले बढेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साता ३ दिनमा नेप्से ५२ अंकले बढेको छ ।

मंगलबार नेप्से परिसूचक १२.६८ अंकले बढेर २७४०.५९ बिन्दुमा पुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३९ करोड रुपैयाँले बढेर १० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा धेरै ३.६८ प्रतिशतले बढेको छ भने विकास बैंक १.७४ प्रतिशतले घटेको छ ।

आज नेपाल हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.