add

राष्ट्रिय सभाको बैठक आज बस्दै, के-के छन् कार्यसूची






ActPro Nepal

|

२७ माघ, २०८१

|
96

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउसो सवा १ बजे बस्न लागेको हो । 

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सभा समक्ष पेस गर्नेछन् । 

यसका साथै आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक, २०८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको छ । 

यसैगरी आज संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि बस्दै छ । बिहान ९ बजे पूर्वाधार विकास समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । 

बैठकमा जलस्रोत विधेयक,  २०८१ माथि दफावार छलफल हुनेछ । 

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.