बुटवल । फूड डेलिभरी कम्पनी फूडमाण्डुले बुटवलबाट पनि सेवा सुरु गरेको छ । कम्पनीले गत बिहीबारदेखि बुटवलमा औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
फूडमाण्डुले हाल काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनबाट सेवा दिँदै आएको छ । फूडमाण्डुले १ हजारभन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै ३ लाखभन्दा बढी ग्राहकवर्गलाई सेवा पुर्याउँदै आएको छ ।
कम्पनीले हालै ʻवानमार्ट’ नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ जसले किराना तथा अन्य उपभोग्य वस्तुहरूको तुरुन्त डेलिभरी गर्दछ ।
फूडमाण्डुकी ब्रान्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले अब बुटवलवासीले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सक्ने बताइन् ।
हामी फूडमाण्डुलाई बुटवलमा पनि ल्याउन पाउँदा उत्साहित छौं । अब बुटवलवासीहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सक्नुहुनेछ । हामी बुटवल र आसपासका क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्न निकै उत्सुक छौं,’ उनले भनिन् ।
फूडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरिसकेको छ। यी रेस्टुरेन्टहरूमार्फत बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैना मैना र वरपरका क्षेत्रमा सहज खाना डेलिभरीको व्यवस्था गरिएको छ । रेस्टुरेन्टको नेटवर्क विस्तार गर्ने योजना अनुसार बुटवलवासीहरूले अब विविध स्वादका खानाहरू घरमै अर्डर गरी आनन्द लिन सक्नेछन् ।
बुटवल लन्चको खुसीयालीमा फूडमाण्डुले ‘HiButwal’ प्रोमो कोड सार्वजनिक गरेको छ । यो प्रोमो कोड मार्फत बुटवलका ग्राहकहरूले फूडमाण्डु एप प्रयोग गरी प्रत्येक अर्डरमा ३० प्रतिशत (अधिकतम २५० रुपैयाँसम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर माघ महिनाभरका लागि लागू हुने कम्पनीले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।