add

‘एक्टरः टेक १’ प्रदर्शन रोक्न माग गर्दै अदालतमा पुगे फिल्मका निर्माता






ActPro Nepal

|

१४ माघ, २०८१

|
75

काठमाडौं । फिल्म एक्टर टेक वन’को प्रदर्शन रोक्न माग गर्दै‘एक्टर’ फिल्मका निर्माताले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन् । नामलाई लिएर यी दुई फिल्मबीच केही समयदेखि विवाद चलेको हो ।

दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको छ । ‘एक्टर’ चलचित्रका प्रस्तोता नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले अदालतमा मुद्दा हालेका हुन् ।

फिल्म ‘एक्टर’ र ‘एक्टर टेक वन’बीच नामलाई लिएर उत्पन्न विवाद अदालतसम्म पुगेको हो ।

रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ । त्यस्तै माघ १६ गते प्रदर्शन तयारीमा रहेको फिल्म एक्टर टेकले नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरि कानूनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैरकानूनी कार्य गरेको आरोप रिटमा लगाइएको छ ।

साथै, रिटमा ‘एक्टर टेक वन’लाई कुनैपनि विधि, पद्दति चलचित्रघरमा, डिजिटल माध्यममा, टेलिभिजनमा कहिँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश समेत जारी गरि पाऊँ भन्ने माग गरिएको छ ।

‘विपक्षीको कार्यले मलाई धेरै क्षति हुने अवस्था छ’ रिटमा उल्लेख छ ।

त्यस्तै कम्पनीलाई आगामी दिनमा एक्टरको श्रृंखला निर्माणको अनुमति दिन समेत भनिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.