add

आइबारको विदेशी मुद्राको विनिमय दर कति ?






ActPro Nepal

|

१३ माघ, २०८१

|
129

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो, युके, अष्ट्रेलियन डलर, क्यानेडियन, सिङ्गापुर डलरको मुल्य स्थिर रहेको छ ।  निर्धारित विनिमयदर अनुसार  अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ १७ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ ६१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैया ७२ पैसा  कायम  भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७  पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.