add

वैदेशिक नीतिमा कांग्रेसको पोजिसन सरकारमा हुँदा र नहुँदा एउटै हुन्छ: गगन थापा






ActPro Nepal

|

९ माघ, २०८१

|
8

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशीक नीतिका सवालमा र वैदेशीक सहायताका सवालमा नेपाली कांग्रेस पार्टीका निर्णयहरु एउटै अनुकूलका हुने बताएका छन्।

बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टी सरकारमा हुँदा एउटा र  सरकार बाहिर रहँदाखेरी अर्को निर्णयहरु नगर्ने बताएका हुन्।

उनले हरेक राजनीतिक पार्टीले अनुकूलतामा एउटा प्रतिकुलतामा अर्को गर्दै अगाडि बढ्न नहुने बताए।

'वैदेशीक नीतिका सवालमा र वैदेशिक सहायताका सवालमा नेपाली कांग्रेस पार्टीका निर्णयहरु,हाम्रा आफ्ना अडानहरु, हामीले लिएका पक्षधरताहरु हेर्यौं भने नेपाली कांग्रेस सरकारमा होस्  या सरकार भन्दा बाहिर होस्, नेपाली कांग्रेसका निम्ती राष्ट्रिय राजनीतिको  अवस्था अनुकूलता होस् या प्रतिकुलता होस् यी विषयहरुमा पार्टीको  पोजिसन बद्लिएको छैन,' उनले भने। 

उनले सरकारमा हुँदा एउटा र सरकारबाहिर हुँदा फरकफरक पोजिसन हुन नहुने बताए।  

'अरु राजनीतिक दलहरुबाट पनि यहीँ कुराको अपेक्षा गर्न  सकियोस्। यसो गर्यो भने मात्र हामी सहि बाटोमा जान सक्छौं ,’ उनले भने। 

साथै उनले वैदेशीक सहायता निश्वार्थ कहिले नहुने बताए। उनले अहिले नेपालको राष्ट्रिय स्वार्थ छोटो समयभित्र तीव्र गतिमा विकासका आकांक्षाहरु पूरा गर्नु रहेको बताए।

'वैदेशिक सहायता जस्ले  लियो उसको पनि स्वार्थ हुन्छ। आज हाम्रो नेपालको राष्ट्रिय स्वार्थ के हो भने हामीलाई छोटो समयभित्र तिव्र गतिमा विकासका आकांक्षाहरु पूरा गर्नु छ,' त्यसका निम्ती हामीसँग स्रोत र साधनको अभाव छ। त्यो  स्रोत र साधनको जोहो गर्नु हाम्रो राष्ट्रिय स्वार्थ हो। स्रोत र साधनलाई जोहो गर्नका निम्ती एउटा माध्यम हो वैदेशिक सहायता,’ उनले भने। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.