काठमाडौं । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ।
न्यायाधीश पल्हादकुमार योगीको इजलासमा बुधबार उनको बयान लिइएको हो। अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार आज केवल बयान प्रक्रिया सम्पन्न भएकोले थुनछेक बहस अघि बढाइएको छैन।
पूर्वगृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोपमा बयान लिइएको हो। बुटवलको सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा आइतबार रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो।
यो मुद्दामा लामिछानेसहित छविलाल जोशी, जीबी राई लगायतका १४ जना पूरक अभियोगमा रहेका छन्।
यसअघि दर्ता भएको मुद्दासहित कूल ४२ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। बयानका लागि रवि लामिछाने मंगलबार नै भैरहवा पुगेका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।