add

बीआरआइ फ्रेमवर्क दस्तावेज सार्वजनिक






ActPro Nepal

|

२६ मंसिर, २०८१

|
176

काठमाडौं । प्रधानमन्बी केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देश बीच भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा सम्झौताको पूर्णपाठ राखेको हो । सार्वजनिक सम्झौता अनुसार बीआरआईमा नेपाल र चीन बीच प्राविधिक सहयोग सुनिश्चित गर्ने र सार्व भौम योजानहरूको कार्यान्वयनमा वित्तीय सहायता मोडालिटीमा जाने उल्लेख गरिएको छ ।

बीआरआइ सहकार्य फ्रेमवर्कमा नेपाल-चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरू, पारवहन कनेक्टिभिटी लगायत बुँदाहरू समेटिएको छ ।

सम्झौताको पूर्णपाठ सार्वजनिक नहुँदा घरेलु र भूराजनीतिक रुपमा समेत संशय व्यक्त गरिएको थियो । सत्ता घटक नेपाली काँग्रेसले बीआरआइ अन्तर्गत ऋण मात्रै लिने गरी सम्झौता भएको बताएको थियो ।

नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्क सार्वजनिक नहुँदा दस्तावेज आफूले पढ्न नपाएको बताएका थिए । उनले बीआरआई सम्झौता पारदर्शी हुने अपेक्षा राखेको बताएका थिए । लु अमेरिका फर्के लगत्तै सरकारले दस्तावेज सार्वजनिक गरेको हो ।

यस्तो छ बीआरआइ सहकार्य फ्रेमवर्कको पूर्णपाठ



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.