काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ ।
मङ्सिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा सार्वजनिक भैसकेको छ । कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौँ महानगर वडा नम्बर १६ सहित उपनिर्वाचन हुने आधा बढी स्थान जित्ने आन्तरिक विश्लेषण गरे पनि एमालेको उक्त विश्लेषण फेल भएको छ ।
कीर्तिपुरसहितका स्थानमा पराजित भएपछि निर्वाचन परिणामबारे पार्टीमा गम्भीर समीक्षा हुनुपर्ने नेताहरूले बताउँदै आएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।