add

बालिका यौन दुर्व्यवहार आरोपमा पूर्वमेयर शिवाकोटी पक्राउ






ActPro Nepal

|

२५ मंसिर, २०८१

|
105

काठमाडौं ।  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर  ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको छ ।

झापाको काँकडभिट्टाबाट उद्धार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो । 

प्रहरीले दिएको जानकारीअनुसार बालिकाको बुबा छैनन् । आमा भारत बस्छिन् । ती बालिकालाई घरको काम गरिदिने र पढाइ दिने शर्तमा घरेलु कामदार राखिएको थियो । दुर्व्यवहारपछि उनी कलेज ड्रेसमै काँकडभिट्टा हुँदै भारत आमाकहाँ जान खोज्दै थिइन्, त्यसबेला प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

शिवाकोटी २०७४ सालको चुनावमा नेकपा (एमाले)बाट बिर्तामोड नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.