काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दै छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा लागेको हो ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, प्रतिनिधि सभा अन्तर्गतकै शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक पनि दिउँसो २ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ः३० बजे समितिको बैठक कक्षा सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल गर्ने कार्यसूची छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।