add

रास्वपाबाट काठमाडौं-१६ को वडाध्यक्ष निर्वाचित श्रेष्ठले लिइन् सपथ






ActPro Nepal

|

१९ मंसिर, २०८१

|
46

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले १६ नम्बर वडाको अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रमुख शाहले यही मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका–१६ बाट निर्वाचित श्रेष्ठलाई  महानगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा शपथ गराएका हुन्।

काठमाडौँको ठमेल, नयाँबजार, बालाजु क्षेत्र समेटिएको सो वडाको २१ हजार २५ मतदातामध्ये १० हजार तीन सय ७६ मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएकी क्षेष्ठले दुई हजार ९०२ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी हुन्।

शपथ ग्रहण कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति थिए।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.