नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरे (मिलन) विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार सुर्य तामाङलाई करिब दोब्बर मतले पछि पार्दै उनी विजयी भएका हुन् ।
गत २०७९ को निर्वाचनमा घिमिरेले कांग्रेसकै तिलक लामासँग १ सय ५४ मतले हार ब्यहोरेका थिए । त्यतिबेलाको पराजयलाई झण्डै दोब्बर मतले बदला लिँदै घिमिरे विजयी भएका हुन् ।
जतिबेला लामाले ८ सय ८८ मत प्राप्त गरेका थिए भने घिमिरेले भने ७ सय ४३ मतमै चित्त बुझाएका थिए ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार २ हजार २ सय २५ मतगणनामा घिमिरेले १ हजार ८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका तामाङले ५ सय ८७ मत मात्रै पाए ।
विगतको मतलाई तुलना गर्दा कांग्रेसले ३ सय १ मत गुमाएको छ । उक्त मत यता माओवादीले तानेको देखिन्छ ।
यसैगरी नेकपा (एमाले) का उम्मेदवार यमबहादुर लामाले ३ सय ६६ मत प्राप्त गर्दै तेस्रो भएका छन् । रास्वपाका मंगलसिद्धी तामाङले ८३, राप्रपाका खेमबहादुर थापाले २८ र समाजवादीका मानबहादुर लामाले २३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत सुनिल आचार्यले जानकारी दिए ।
यस वडाको अध्यक्ष पदका लागि ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।