add

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त






ActPro Nepal

|

११ मंसिर, २०८१

|
27

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार श्रेष्ठसहित मुक्ति श्रेष्ठ र नवराज अधिकारीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । अरु दुई प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले बोर्ड अध्यक्षमा बाजी मारेका हुन् ।

उनी ४ वर्षका लागि बोर्ड अध्यक्ष नियुक्त भएका हुन् । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्याकाल सकिएपछि २०८० पुस २१ यता अध्यक्ष पद रिक्त थियो ।

राजनीतिक खिचातानीकै कारण लामो समयसम्म सरकारले अध्यक्ष नियुक्त गर्न सकेको थिएन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.