add

जीवन बीमा कम्पनीहरुको नाफा १९ प्रतिशतले बढ्यो, कुनले कति कमाए ?






ActPro Nepal

|

२ मंसिर, २०८१

|
216

काठमाडौं । जीवन बीमा कम्पनीहरूको खुद नाफामा सुधार आएको छ । बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १८.६२ प्रतिशतले बढेको हो ।

हाल संचालनमा रहेको १४ जीवन बीमा कम्पनीले चालु वर्षको असोज मसान्तसम्म कम्पनीले कुल १ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३० करोड २२ लाख रुपैयाँ धेरै हो । गत वर्ष असोजसम्म जीव बीमा कम्पनीले कुल १ अर्ब ६२ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

समीक्षा अवधिमा अधिकांश कम्पनीको खुद बीमा शुल्क संकलन र कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो । कोभिडपछि शिथिल बनेको बीमा व्यवसाय पछिल्लो समय सुधार हुँदै गएको छ । यसले कम्पनीहरूके आम्दानी बढाएको छ ।

समीक्षा अवधिमा कम्पनीहरूको बीमा शुल्क संकलन ९ प्रतिशतले बढेर ४१ अर्ब १ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बीमा कम्पनीहरूको कर्जा तथा लगानीबाट हुने आम्दानी १८ प्रतिशतले बढेर ५ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय निक्षेपको ब्याजदर घटे पनि बीमा कम्पनीहरूले विगतमा महँगो ब्याजमा निक्षेप राखेकाले ब्याज आम्दानीमा खासै असर नपरेको हो । त्यस्तै, कम्पनीहरूले पोलिसी धितोमा प्रवाह गर्ने कर्जा रकम बढाउँदा पनि आम्दानी बढेको हो ।

१३ कम्पनीको नाफा बढ्यो, सरकारीको मात्र घट्यो

समीक्षा अवधिमा १४ मध्ये १३ जीवन बीमा कम्पनीको खुद नाफा बढेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको मात्र घटेको छ ।

पहिलो त्रैमासमा सिटिजन लाइफको नाफा सर्वाधिक ८३.१६ प्रतिशतले बढेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ६६.९९ प्रतिशत, एशियन लाइफको ४२.०७ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३५.४५ प्रतिशत, नेपाल लाइफको ३०.०६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २५.७४ प्रतिशत, सानिमा रिलायन्स लाइफको १९.९३ प्रतिशत र आएमई लाइफको ११.२२ प्रतिशतले बढेको छ ।

नेशनल लाइफ, मिालयन लाइफ, मेट लाइफ, सूर्यज्योति लाइफ र सन नेपाल लाइफको नाफा ६ प्रतिशतभन्दा कमले बढेको छ । सरकारी स्वामित्वको नाफा ९४.०१ प्रतिशतले घटेको छ ।

हिमालयनले नेपाल लाइफलाई उछिन्यो

समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै नाफा कमाउने जीवन बीमा कम्पनी बनेको छ । गत वर्षको तुलनामा ५.१२ प्रतिशतले नाफा बढाएको हिमालयन लाइफले असोजसम्म २५ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, नेपाल लाइफले २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । असोजसम्म रिलायबल नेपाल लाइफले १९ करोड ९३ लाख, सन नेपाल लाइफले १६ करोड ६१ लाख, आइएमई लाइफले १४ करोड ५० लाख, नेशनल लाइफले १३ करोड ८३ लाख, एशियन लाइफले १३ करोड २९ लाख, सिटिजन लाइफले १३ करोड ९ लाख, प्रभु महालक्ष्मी लाइफले १२ करोड ६३ लाख र सूर्यज्योति लाइफले ११ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, मेट लाइफले ९ करोड ६५ लाख, लाइफ इन्स्यारेन्स कर्पोरेसनले ७ करोड ८८ लाख नाफा कमाएको छ । समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले सबैभन्दा कम २२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा यसको नाफा ९४.०४ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.