काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा ११ वटा बैंकले ब्याजदर घटाएका हुन् ।
मंसिर महिनामा अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएका हुन्।
गत कात्तिकमा औसतमा ६.१८ प्रतिशत ब्याजदर कायम रहेका २० वाणिज्य बैंकहरूले मंसिरमा यो दर घटाएर ५.९७ प्रतिशत पु¥याएका छन्, जसले ब्याजदरमा ०.२२ प्रतिशत अंकको कमी ल्याएको छ।
मंसिरका लागि ब्याजदरमा हेरफेर गर्दा ११ बैंकहरूले ब्याजदर घटाएका छन् भने ८ बैंकहरूले कात्तिककै ब्याजदर निरन्तरता दिएका छन्। एक वाणिज्य बैंकले भने ब्याजदरमा थोरै वृद्धि गरेको छ।
मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने बैंक एनआईसी एशिया बैंक रहेको छ, जसले ६।७९ प्रतिशत ब्याजदर प्रदान गर्दैछ। विपरीतमा, सबैभन्दा कम ब्याजदर ५.५ प्रतिशत रहेको लक्ष्मी सनराइज बैंकले दिने भएको छ।
माछापुच्छ्रे बैंकले कात्तिकमा ७ प्रतिशत ब्याजदर प्रदान गर्दै आएकोमा मंसिरमा यसलाई घटाएर ६ प्रतिशत कायम गरेको छ, जसले गर्दा यो बैंकले सर्वाधिक ब्याजदर घटाएको हो। राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.२ प्रतिशत अंकले बढाएको छ।
ब्याजदर घट्दा कर्जा लिनेहरूलाई राहत मिल्ने देखिए पनि निक्षेपमा पैसा राख्नेहरूलाई भने घाटा हुने स्थिति बनेको छ। ब्याजदर घट्ने क्रमले सेयर बजारका लगानीकर्ताहरूलाई भने लाभ पुग्ने संकेत देखाएको छ, जसले लगानी वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।