add

चन्द्रागिरि हिल्सको संचालन आम्दानी साढे १९ करोड, नाफा कति ?






ActPro Nepal

|

२ मंसिर, २०८१

|
143

काठमाडौं । चन्द्रगिरि हिल्स प्रालिको खुद नाफामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १९.४५ प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्म कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४२ लाख रुपैयाँ धेरै हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी घटे पनि खर्च घट्दा नाफामा सुधार देखिएको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ४.९९ प्रतिशतले घटेर १९ करोड ५८ लाख रुपैयाँमा सीमित छ ।

यस्तै, कम्पनीको अन्य आम्दानी ८७.६६ प्रतिशतले घटेर ७ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ४.०६ प्रतिशतले घटेर ७ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

हाल १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २७ पैसा बढ्यो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.३९ रुपैयाँबाट बढेर १.६६ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ९७.०६ रुपैयाँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.