add

बुद्ध धर्मलाई राजनीतिक दुरुपयोगबाट निषेध गर्नुपर्छ: प्रधानमन्त्री






ActPro Nepal

|

२ मंसिर, २०८१

|
173

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताए।

राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने उल्लेख गर्दै उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको सुनाए।

वैरभव पलायो भने बुद्धिजम नहुने उनको भनाइ थियो। ‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन्। पोल्टिकल चिटिङ गरिरहेका छन्। त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन्। त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ। राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन। बुद्धिजमको शिक्षा बिल्कुल फरक हो। सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा हो। वैरभव पलायो भने बुद्धिजम छैन। बुद्धिजममा धेरै राम्रा गुण छन्। यसमा जातका आधारमा छुट्याउने घृणावादी सोच छैन।’

प्रधानमन्त्री ओलीले बुद्ध धर्मममा उँचनिच नरहेकाले बुद्धका विचारलाई निःस्वार्थ भावले अपनाउनुपर्नेमा जोड दिए। आफू बुद्धवादको अध्येता नभई बुद्धवाद मन पराउने मानिस भएको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.