add

साना किसान बन्यो विकास बैंकहरूभन्दा धेरै नाफा कमाउने लघुवित्त






ActPro Nepal

|

३० कार्तिक, २०८१

|
117

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६.७७ प्रतिशतले बढेको हो ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्म ३२ करोड १८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ४ लाख रुपैयाँ धेरै हो। गत आवको सोही अवधिमा साना किसानले ३० करोड १४ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

साना किसानले कमाएको यो नाफा पहिलो त्रैमासमा कुनै पनि विकास बैंकले कमाएको नाफा भन्दा धेरै हो । पहिलो त्रैमसमा मुक्तिनाथ विकास बैंकले सर्वाधिक २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा बढ्दा नाफामा सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.६५ प्रतिशत घटेर ४९ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । लघुवित्तको संचालन मुनाफा भने ७.६ प्रतिशत बढेर ४६ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ६८ करोड निक्षेप संकलन र २० अर्ब १४ करोड सापटी लिई वित्तीय संस्थाहरूलाई कुल ३३ अर्ब ४१ करोड कर्जा लगानी गरेको छ ।

असोज मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी ३ अर्ब ८० करोड, सेयर प्रिमियममा १ करोड ८२ लाख, रिटेन्ड अर्निङमा १ अर्ब ९५ करोड र जगेडा कोषमा ४ अर्ब ७ लाख रुपैयाँ संचित छ ।

खुद नाफा बढे पनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २.३७ रुपैयाँ घटेर ३३.८२ रुपैयाँमा सीमित भएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २५७.०४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.५६ गुणा र खराब कर्जा २.४६ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.