add

मुक्तिनाथ कृषि कम्पनीको नाफामा उल्लेख्य सुधार, ईपीएस कति ?






ActPro Nepal

|

३० कार्तिक, २०८१

|
106

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीकोे खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार असोजसम्म १ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

जबकि कम्पनी गत वर्षको पहिलो त्रैमासमा २३ लाख २२ हजार रुपैयाँ नोक्सानीमा थियो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी बढ्दा र खर्च घट्दा नाफामा सुधार आएको हो ।

समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी साढे दुई गुणाले बढेर २१ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी ८ करोड ४६ लाख रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको कुल खर्च ५७ लाख रुपैयाँले घटेर २ करोड ९४ लाख रुपैयाँमा झरेको छ । हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्वीटी २ करोड ६ लाख रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.३६ रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४१ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ९७.०५ रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.