add

सुरु भयो ‘फीन इलेक्ट्रो टेक २०२४’ मेला, ५० हजारले अवलोकन गर्ने अनुमान






ActPro Nepal

|

२९ कार्तिक, २०८१

|
96

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आजबाट फिन इलेक्ट्रो टेक–२०१४ सुरु भएको छ । काठमाडौंको भृकुीमण्डपस्थित हलमा आयोजित ११औं संस्करणको मेला सुरु भएको हो ।

मेलालाई विभिन्न निजी क्षेत्रका प्रतिनिधिदेखि सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्बोधन गरेका छन् ।

उपप्रधानमन्त्री सिंहले ऊर्जाबाटै देशको आर्थिक सुधारको सम्भावना भएकाले यसलाई अघि बढाउनुपर्ने बताए । यस्तै उनले भृकुटीमण्डपको प्रदर्शनी हललाई आधुनिकस्तरको बनाउन प्रयास गर्ने पनि बताए ।

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले २ खर्बभन्दा बढीको बजार बन्न पुगेको र २८ वर्षपछि निरन्तर रहेको बताए । यसले बजारको दिगो विकास र विस्तार गराउन भूमिका खेल्ने उनले बताए ।

उनले भने,‘शिथिल अर्थतन्त्रलाई पुनरूत्थान गर्नका लागि फीन इलेक्ट्रो टेक २०२४ ले ठूलो भूमिका खेल्नेछ।’

मेला ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आन्तरिक खपत घटाउन मूल्य पनि घटाउनु पर्ने बताए । उनले चार वर्षदेखि अर्थतन्त्रमा संकुचन र शेयर बजारमा आएको गिरावट, सहकारीमा आएको समस्याले निजी क्षेत्रलाई ठूलो नोक्सान पुगेको बताए ।

उनले भने, ‘अब आर्थिक रूपमा सुधार गरेर उर्जा क्षेत्रलाई चलायमान बनाउँदै अघि बढ्नुको विकल्प छैन ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझावलाई सरकारले व्यक्तिगत लाभको रूपमा मात्र हेरिदिने गर्नाले अहिलेको आर्थिक शिथिलता आएको बताए ।

‘निजी क्षेत्र अर्थतन्त्रको मेरूदण्ड हो । त्यसलाई हटाएर अर्थतन्त्र सुधार हुनै सक्दैन,’ अध्यक्ष ढकालले भने, ‘विदेशी लगानी ल्याउन सकिए मात्र अर्थतन्त्रलाई दिगो विकासतर्फ लैजान सकिन्छ । प्रधानमन्त्रीको आगामी चीन भ्रमणमा लगानी ल्याउने वातावरण पनि बन्नुपर्छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.