काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था नोक्सानीमा गएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २६ करोड ११ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हो ।
गत वर्ष पहिलो त्रैमासमा लघुवित्तले १ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी झण्डै दोब्बरले बढे पनि खराब कर्जा बढ्न गई इम्पेयरमेन्ट चार्ज बढ्दा नोक्सानीमा गएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९४.२० प्रतिशतले बढेर २४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । संचालन नाफा भने २६ करोड ४२ लाख रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज १००५.८९ प्रतिशतले बढेर २७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा लघुवित्तले ६ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
हाल १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा १६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । जगेडा कोषमा भने १ अर्ब ४ करोड ९१ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा १६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १२.११ रुपैयाँ ऋणातमक छ । प्रतिसेयर नेटवर्थ १६२.९५ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा तेब्बरले बढेको छ । गत वर्ष ५.५२ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा चालु वर्ष बढेर १६.१४ प्रतिशत पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।