काठमाडौं । उत्पादनमूलक कम्पनी युनिलिभर नेपालको खुद नाफामा गिरावट आएकोे छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४.६३ प्रतिशतले घटेको हो ।
असोज मसान्तसम्म कम्पनीले ५२ करोड ६९ रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा साढे २ करोड रुपैयाँ कम हो । गत वर्ष असोजसम्म कम्पनीले ५५ करोड २५ लाख लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको संचालन आम्दानी घट्दा नाफामा असर परेको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ३.०४ प्रतिशतले घटेर २ अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले यस्तो आम्दानी २ अर्ब ३२ करोड रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीले खर्च ४ करोडले घटाउन सफल भएको छ । गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ६७ करोड रुपैयाँ रहेको कम्पनीको खर्च यस वर्ष घटेर १ अर्ब ६३ करोड रुपैयाँमा झारेको छ ।
हाल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५ अर्ब २८ करोड रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । गत वर्ष २२१८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यस वर्ष घटेर २०९६ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ पुगेको छ ।
युनिलिभर नेपाली सेयर बजारको सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४८ हजार रुपैयाँ रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।