add

सबैभन्दा महँगो सेयर मूल्य भएको हाइड्रो कुथेली बुखरीको यस्तो छ वित्तीय अवस्था






ActPro Nepal

|

२८ कार्तिक, २०८१

|
135

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडलेको खुद नाफामा गिरावट आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७.८२ प्रतिशतले घटेको हो ।

कम्पनीले असोज मसान्तसम्म ४६ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ३ लाख ९६ हजार रुपैयाँ कम हो । कम्पनीले गत वर्ष पहिलो त्रैमासमा ५० लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको वित्तीय खर्च घटे पनि विद्युत् बिक्रीबाट हुने आम्दानी घट्दा नाफामा गिरावट आएको हो । असोजसम्म कम्पनीले १ करोड ४ लाख रुपैयाँको बिजुली बेचेको छ । गत वर्ष यही अवधिमा १ करोड १० लाख रुपैयाँको विद्युत् बिक्री गरेको थियो । यस अवधिमा कम्पनीको संचालन मुनाफा २३ लाख रुपैयाँ बढेर ८३ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी शून्य रहेको छ । कम्पनीको वित्तीय खर्च भने १८ लाख ७८ हजारबाट घटेर १० लाख रुपैयाँमा झरेको छ ।

हाल १२ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५.३१ रुपैयाँ छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १४७.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३७.८२ गुणा रहेको छ।

कुथेली नेप्सेमा सूचीकृत ९० वटा हाइड्रोपवार मध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी हो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३०९९ रुपैयाँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.