add

फरवार्ड माइक्रोफाइनान्सको नाफामा उछाल, जगेडा कोषमा पौने २ अर्ब






ActPro Nepal

|

२८ कार्तिक, २०८१

|
127

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । फरवार्डले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार असोजसम्म ४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

जबकि गत वर्ष पहिलो त्रैमासमा फरवार्ड ११ करोड ९ लाख रुपैयाँ घाटामा थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी, संचालन मुनाफा बढ्नुका साथै इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उछाल आएको हो ।

समीक्षा अवधिमा फरवार्डको खुद ब्याज आम्दानी ४.१९ प्रतिशतले बढेर २८ करोड ८ लाख रुपैयाँ पुगेको छ । असोजसम्म लघुवित्तको संचालन मुनाफा ५ करोड ९३ लाख रुपैयाँ छ । गत वर्ष यही अवधिमा संचालन नाफा १० करोड ५१ लाख ऋणात्मक थियो ।

समीक्षा अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज ३० करोड ४९ लाखबाट घटेर ११ करोड ३७ लाख रुपैयाँ झरेको छ । समीक्षा अवधिमा लघुवित्तले ९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल १ अर्ब ५ करोड ५५ लाख लाख रुपैयाँ चुक्ता पूँजी रहेको फरवार्डको रिटेन्ड अर्निङमा २३ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा २३ करोड ७५ लाख रुपैयाँ छ । यसबाट कम्पनीले १०.५७ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । गत वर्ष ४२.०६ रुपैयाँ ऋणात्मक रहेको फरवार्डको प्रतिसेयर आम्दानी यस वर्ष १५.७७ रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २८९.५८ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने बढेको छ । गत वर्ष पहिलो त्रैमासमा ६.२५ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ७.३८ प्रतिशत पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.