add

नागरिक लगानी कोषको नाफामा सुधार, यस्ता छन् मुख्य सूचक






ActPro Nepal

|

२८ कार्तिक, २०८१

|
117

काठमाडौं । नागरिक लगानी कोषको नाफामा सुधार आएको छ । कोषले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलोे त्रैमासको अपष्किृत वित्तीय विवरण अनुसार खुद नाफा १३.६२ प्रतिशतले घटेको छ ।

चालु आवको असोज मसान्तसम्म कोषले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ करोड ६१ लाख रुपैयाँ बढी हो । गत वर्ष पहिलो त्रैमासमा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कोषको आम्दानी बढेसँगै नाफामा सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२.६० प्रतिशतले बढेर ५१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, सेवा तथा कमिसन आम्दानी १८.८६ प्रतिशतले बढेर ३९ करोड १६ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी भने ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिसम्म कोषले १ खर्ब ३७ अर्ब ५३ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । हाल ६ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १८ अर्ब ३४ करोड रुपैयाँ संचित छ ।

खुद नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानीमा भने झिनो गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.९४ रुपैयाँबाट घटेर १९.८७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.४२ रुपैयाँ छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.