add

२५ हजार टन मल खरिदका लागि टेन्डर आह्वान






ActPro Nepal

|

२८ कार्तिक, २०८१

|
80

काठमाडौं । कृषि सामग्री लिमिटेडले थप २५ हजार मेट्रिकटन डीएपी मल खरिदका लागि ठेक्का आह्वान गरेको छ ।

कम्पनीले मंगलबार २५ हजार मेट्रिकटन डीएपी मल खरिदका लागि ‘ई बिडिङ’मार्फत ठेक्का आह्वान गरेको हो ।

इच्छुक कम्पनीरव्यक्तिले मंसिर १२ गतेसम्म कृषि सामग्री कम्पनीमा बोलपत्र पेश गर्नुपर्नेछ । गहुँ लगायत हिउँदे बालीका लागि उक्त मल खरिद गर्न लागिएको हाे  ।

यसअघि कात्तिक २२ गते मात्रै कृषि सामग्रीले २५ हजार टन डीएपी मल खरिदका लागि सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई ठेक्का दिएको थियो ।

बिरलाले १ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर (करिब २ अर्ब ५६ करोड रुपैयाँ)मा डीएपी मल खरिदको ठेक्का पाएको हो ।

सरकारले चालु आवमा ५ लाख ५० हजार टन रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको छ । सो अनुसार धमाधम ठेक्का लगाइरहेको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आव २०८१/८२ -असोज मसान्तसम्म) १ लाख ५५ हजार ६८९ टन मल आयात भइसकेको छ । गत वर्षको मौज्दातसहित हाल १ लाख ४४ हजार ८२५ टन मल भण्डारमा रहेको मन्त्रालयले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.